Breaking News

घट्दै न्यूनतम तापक्रम, पुरै मौसम खुल्न समय लाग्ने

Banner

चितवन,माघ १६-

आज पहाडी जिल्लाको मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताएका छन् ।  तराईका जिल्लामा भने बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । यस्तै, उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपात हुने मौसमविद् सजिना शाक्यले बताउनुभयो । आज दिउँसो काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा घाम लाग्ने छ । सँगै बादल पनि लाग्ने उहाँले बताउनुभयो ।

उहाँकाअनुसार पूर्णरुपमा मौसम खुल्न समय लाग्ने छ । यस्तै, रातको समयमा आकाश सफा हुन थालेसँगै चिसो झन् बढेको छ । काठमाण्डौसहित देशका धेरै ठाउँको न्यूनतम तापक्रम घट्न थालेको छ । दिउँसोको समयमा केही न्यानो भए पनि बिहान बेलुका चिसो छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>