चितवन विशेष

चितवनको आँपटारीमा गाडीको ठक्करबाट जरायोको मृत्यु

Banner

चितवन,माघ १५-

चितवनको आँपटारीमा नम्वर नखुलेको गाडीको ठक्करबाट जरायोको मृत्यु भएको छ । भरतपुर महानगरपालिका १ दियालो बङ्गला अगाडि गाडीले जरायो लाई ठक्कर दिएको थियो । ठक्कर दिने सवारीसाधनको पहिचान भएको छैन् ।

नारायणगढबाट रामनगरतर्फ जाँदै गरेको सावारीसाधनले ठक्कर दिएको प्रहरीको अनुमान छ । मृत जरायोलाई जिल्ला वन कार्यालय चितवनको जिम्मा लगाइएको छ । चितवनमा कही दिन अघिमात्रै निर्माणाधिन सडकको नालीमा परेर गैडाको मृत्यु भएको थियो । चितवनको मुख्य राजमार्ग क्षेत्रमा सावधानी नअपनाउँदा बन्यजन्तुको मृत्यु हुने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>