Breaking News

चितवनमा सरकारी गाडीले पैदलयात्रीलाई ठक्कर दिएपछि…

Banner

चितवन, माघ १५ –
चितवनमा सरकारी गाडीले ठक्कर दिँदा एक पैदलयात्री घाइते भएकी छिन् ।

इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित पृथ्बी राजमार्गमा नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको बा२झ २८५३ नम्बरको टाटा सुमोले आज बिहान करिब साढे ११ बजेको समयमा स्थानीय ३८ वर्षीय निरु बोहोरालाई ठक्कर दिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ठक्करबाट घाइते भएकी बोहोरालाई तत्काल स्थानीय अस्पताल ट्रमा सेन्टरमा उपचारका लागि लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि घाइतेलाई काठमाडौंको हेम्स अस्पतालमा लगिएको छ ।

प्रहरीका अनुसार घाइतेको टाउकोमा भित्री चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ । गाडी र चालक नियन्त्रणमा लिइएको छ । गाडी लोकसेवा आयोग जलेश्वरको भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>