Breaking News
स्थानीय तहको निर्वाचन नगरे एमालेले आन्दोलन गर्ने,जनवर्गीय संगठन परिचालनको तयारी

काठमाडौँ,माघ १५-
नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति घोषणाका लागि आन्दोलनको तयारी सुरु गरेको छ । एमालेले जनवर्गीय संगठनहरुमार्फत दबाबमूलक कार्यक्रम आयोजना गर्न लागेको हो । आन्दोलनको तयारीको विषयमा छलफल गर्नका लागि एमालेले आफ्नो २२ वटा जनवर्गीय संगठनहरुको बैठक भक्तपुरमा बोलाएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा आन्दोलनको तयारीको विषयमा छलफल हुने छ।
‘स्थानीय तहको चुनाव ढिलो गर्न खोजेको प्रति हाम्रो आपत्ति रहेको छ । त्यसका लागि दबाबमूलक कार्यक्रमहरू गर्न तयारी छ । चुनाव घोषणाका लागि दबाब दिन गर्न लागिएको आन्दोलनको तयारीका लागि बैठकको आयोजना गर्न लागिएको हो,’ रिजालले भने ‘परिस्थिति हेरर कार्यकर्ता परिचालनदेखि अन्य दबाबमूलक कार्यक्रमहरू आयोजना गर्न विषयमा छलफल हुनेछ । आन्दोलनका लागि आफ्नो पंक्तिलाई तयार गर्ने, जुम बैठकहरु आयोजना गर्ने र सरकारले तोकेको मापदण्डअनुसार साना-साना भेलाहरु गर्न सहमतिको विषयहरु रहेका छन् ।’
























