चितवन विशेष

भरतपुर २७ र २८ मा राप्रपाको वडा कार्यालय उद्घाटन, माघमसान्तसम्म सबै वडामा कार्यालय खोलिने

Banner

चितवन, माघ १५ –
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भरतपुर महानगर वडा नं २७ र २८ मा पार्टीको सम्पर्क कार्यालय खोलेको छ ।

कार्यालयको आज शनिबार बागमती प्रदेश सभा सांसद एवम् राप्रपा केन्द्रीय सदस्य रिना गुरुङ्गले उद्घाटन गरिन् ।

राप्रपा भरतपुर महानगरका सचिव सुलभ सिग्देलले माघ मसान्तसम्मा भरतपुरका २९ वटै वडामा सम्पर्क कार्यालय खालिने जानकारी दिए । राप्रपाले भरतपुरका सबै वडामा पार्टी वडा कार्यालय खोल्ने निर्णय गरेको थियो ।

राप्रपा भरतपुर महानगरका अध्यक्ष दिपक थापाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा पूर्व केन्द्रीय सदस्य मिना न्यौपाने, राप्रपाका जिल्ला अध्यक्ष रुद्रप्रसाद ढकाल लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>