Breaking News

माघ मसान्तसम्म विद्यालय नखुल्ने, भिड हुने क्षेत्रमा पनि बन्द यथावत

Banner

काठमाडौं,माघ १४-

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आगामी माघ मसान्तसम्म विद्यालय बन्दलाई निरन्तरता दिन सरकारलाई सिफारिस गरेको छ। शुक्रबार बसेको सीसीएमसी व्यवस्थापन केन्द्रको बैठकले माघ मसान्तसम्म विद्यालयमा भौतिकरुपमा हुने पठनपाठनमा लगाइएको रोक कायमै राख्न सिफारिस गरेको प्रवक्ता सुनिता नेपालले जानकारी दिइन्। यसअघि सरकारले माघ १५ गतेसम्मलाई बन्द गर्ने निर्णय लिएको थियो। केन्द्रले त्यसलाई थप १५ दिन लम्ब्याउन सिफारिस गरेको हो।

उनका अनुसार केन्द्रको सिफारिसलाई मन्त्रिपरिषद्‍बाट निर्णय गरेपछि कार्यान्वयनमा जानेछ। भर्चुअल र अन्य विधिबाट हुने पठनपाठनलाई निरन्तरता दिन सकिनेछु, उनले भनिन्, विद्यार्थी र शिक्षकलाई कोभिडविरुद्धको भ्याक्सिन दिन पनि विद्यालय खुलाउन सकिनेछ। तर भौतिक रुपमै पठनपाठनलाई भने माघ मसान्तसम्म रोक लगाइएको छ।

प्रवक्ता नेपालले विश्वविद्यालयका परीक्षा स्वास्थ्य मापदण्ड पालना गर्दै संचालन गर्न अनुमति दिन पनि बैठकले सिफारिस गरेको बताएकी छन्। बैठकले भिडभाड हुने सिनेमा हल, पार्टी प्यालेससहितका क्षेत्रलाई भने माघ मसान्तसम्म बन्द नै राख्न पनि सिफारिस गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>