Breaking News

विकास निर्माणका क्रममा खनिएका खाल्डाखुल्डीमा दुर्घटना हुनसक्छ, सबै सावधानी बनौं : भरतपुर महानगरपालिका

Banner

चितवन, माघ १४ –
भरतपुर महानगरले विकास निर्माणका क्रममा खनिएका खाल्डाखुल्डीमा दुर्घटना हुनसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्दु सुवेदीले एक अनुरोध पत्र जारी गर्दै भरतपुर महानगरमा तीव्ररुपमा विकासका काम भइरहेकाले सार्वजनिक स्थानमा विकास निर्माणका क्रममा खनिएका खाल्डाखुल्डीहरुमा परी जुनसुकै बेला दुर्घटना हुने संभावना भएको बताए ।

उनले त्यस्ता स्थानमा सवारी साधनको आवतजावत, पैदल यात्री लगायत बालबालिकाहरुले हिँडडुल गर्दा विशेष सावधानी अपनाउन महानगबासी, टोल विकास संस्था लगायत निर्माण कार्यसँग सम्बन्धित राख्ने सबैलाई आग्रह गरेका छन् ।

निर्माण व्यवसायीहरुले कार्य गर्दा सुरक्षाका उपयाउहरु अपनाउन, खाल्डाखुल्डी शीघ्ररुपमा पुर्न, सूचना/सावधानी बोर्डहरु अनिवार्य राख्न, अँध्यारो स्थानमा उज्यालोको व्यवस्था गर्न, आपसी समन्वयन गरेर प्रचलित कानूनी प्रावधानहरुको पालना गरी दुर्घटना कम हुने गरी कार्य गर्न महानगरले आग्र्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>