Breaking News

प्रचण्ड-माधव काँग्रेस प्रवेश गरेर एमालेसंग चुनव लड्न आउनुहोस्ः महेश बस्नेत

Banner

चितवन,माघ १४-

नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपाललाई काँग्रेस प्रवेश गरेर एमालेसंग चुनाव लड्न चुनौती दिनुभएको छ । प्रेस चौतारी नेपाल चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले प्रचण्ड माधव काँग्रेसको टाङमुनि छिरेको आरोप लगाउँदै चुनावमा आउन चुनौती दिनुभयो । उहाँले आगामी निर्वाचनमा सत्ता गठबन्धन नभई पाँच दल पार्टी एकीकरण गरेर निर्वाचनमा आउन आग्रह गर्नुभयो ।

स्थानीय तहको निर्वाचनबाट सत्ता गठवन्धन भाग्न खोजेको उहाँले आरोप लगाउनुभयो । बैशाख २१ गते रिक्त हुने स्थानीय तहको जनप्रतिनिधिका लागि चैत वा बैशाख भित्रै निर्वाचन गर्नुपर्ने उहाँको भनाई छ । पूर्वमन्त्री समेत रहनुभएका बस्नेतले भन्नुभयो “बैशाख २१ पछि स्थानीय तहको निर्वाचनलाई लानु हुँदैन । निर्वाचन पछि सार्ने कुराले देश द्धन्द्धमा फस्छ ।” सरकारले स्थानीय तहको निर्बाचनका लागि मिति घोषणा नगरे एमाले आन्दोलनमा जान बाध्य हुने उहाँको भनाई थियो । एमालेका जनबर्गिय संगठनले आन्दोलनका कार्यक्रमहरु सुरु गरेको भन्दै उहाँले संबिधानको अपव्याख्या गर्ने अधिकार कसैमा नरहेको बताउनुभयो । संबिधानको व्याख्या गर्ने अधिकार अदालतलाई मात्रै रहेको उहाँले जिकिर गर्नुभयो । उहाँले भन्नुभयो “सत्ता गठवन्धनका साथीहरुलाई निर्वाचनमा आफु हारिन्छकी भन्ने आँकलन भएकाले सार्न खोजिएको हो ।” समयमा स्थानीय तहको निर्वाचन हुन नसकेमा अदालतको बिषय बन्ने उहाँले बताउनुभयो ।

स्थानीय तहको निर्वाचन समेत दुई चरणमा गरेको स्मरण गर्दै उहाँले अहिले तीन तहको निर्वाचन एकै पटक गर्ने भन्ने गरी गरिएको तर्क अव्यवहारिक रहेको बताउनुभयो । जनताको मौलिक हक अधिकार माथी चौतर्फी ढङ्गले प्रहार गर्न खोजिएको उहाँको भनाई छ । पत्रकार सम्मेलनमा बोल्दै उहाँले आउँदो निर्वाचनमा सत्ता गठवन्धन नभई पार्टी एकीकरण गरेर निर्बाचनमा आउन आग्रह गर्नुभयो । देशमा एउटा प्रजातान्त्रीक पार्टी र एउटा कम्युनिष्ट पार्टी मात्रै जनताले रुचाएको उहाँको भनाई थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>