चितवन विशेष
चितवनमा अबैध नेटवर्किङको भारतीय गिरोहः पुर्पक्षका लागि कारागार चलान
०

चितवन,माघ १३-
चितवनमा अबैध नेटवर्किङ गरिरहेको अवस्थामा पक्राउ परेका तीनजना अभियुक्तलाई पुर्पक्षको लागि थुनामा पठाइएको छ । गत मंसिर १७ गते सिजी ल्यान्डमार्क होटलमा नेटवर्किङ बिजनेशसम्बन्धी सेमिनार गरिरहँदा उनिहरु पक्राउ परेका थिए ।
भरतपुर–२६ का ३६ वर्षीय सरोज घिमिरे, भारतीय नागरिक राज्स्थान शास्त्रीनगर जयपुर बस्ने २८ वर्षीय जितेश बर्मा र अर्का भारतीय नागरिक हरियाणा गुडगाउँ कोलारस घर भएका ३४ वर्षीय अंकित शर्मालाई कारागार चलान गरिएको हो ।
उनीहरु माथि नेटवर्किङ ठगीको कसुरमा मुद्दा चलाइएकोमा अनुसन्धान पछि संगठित रुपमा नेटवर्किङ गरी ठगी गरेको कसुरमा अभियोग पत्र दायर भएको थियो । बिहीबार चितवन जिल्ला अदालतले थुनछेक बहसमा तीनैजनालाई पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























