Breaking News

संक्रमणको उच्च जोखिममा चितवन, परीक्षणको दायरा कम हुँदा न्यून व्यक्तिमा संक्रमण पुष्टि

Banner

चितवन, माघ १३-

चितवमा केही दिन यता तीब्रगतिमा कोरोना संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा चितवनमा २८२ जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ । स्वास्थ्य कार्यलय चितजनका अनुसार ५०० जनाको पिसिआर र २३० जनाको एन्टीजेन गरी ७३० जनाको परीक्षण गर्दा २८२ जनामा संक्रमण पुष्टि भएको हो ।

भरतपुर महानगरपालिकाका १६७, खौरहनी नगरपालिकाका १८, माडी नगरपालिकाका २८, रत्ननगर नगरपालिकाका ४२, राप्ती नगरपालिकाका १३, कालिका नगरपालिकाका नौँ र इच्छाकामना गाँउपालिका पाँच जनामा संक्रमण देखिएको छ ।

यो सँगै जिल्लामा कोरोना संक्रिय संक्रमितको संख्या ३ हजार ८९९ पुगेको छ । आज जिल्लाका विभिन्न अस्पतालहरुमा ४२ जना कोरोना संक्रमित उपचाररत छन् । तीन हजार ८५७ जना होम आइसोलेसनमा रहेका छन् ।

अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४३८ रहेको छ । आज संक्रमित थपिएसँगै जिल्लामा कोरोना पोजेटिभ देखिनेको संख्या ३१ हजार ७२१ रहेको छ र संक्रमण मुक्त हुनेको संख्या २७ हजार ३८३ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>