चितवन विशेष

चितवनमा विद्युतको हाईटेन्सन तार चुँडियो,गाई र बाख्रा मरे

Banner

चितवन,माघ १३-

घर नजिकैबाट लगिएको विद्युतको ११ हजार भोल्टको हाईटेन्सन लाईन चुँडिदा गोठमा रहेका गाई र बाख्रा मरेका छन् । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १६ शिवालय टोलका डिल्ली भुजेलको गोठका गाई र बाख्रा मरेका हुन् ।

इलाका प्रहरी कार्यालय टाँडीका अनुसार विद्युत सट हुँदा भुजेलको गोठमा रहेको एउटा गाईको बाच्छी, र बाख्रो मरेका छन् । दुईवटा बाख्रा र एउटा बच्छी घाईते भएको कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक प्रकाश साहका अनुसार भुजेल सामान्य घाईते हुनु भएको र उहाँको उपचारका लागि अस्पताल पठाईएको छ ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टाँडीका प्रमुख नविन लाभका अनुसार विद्युत तारबाट पोलमा करेन्ट प्रवाह रोक्न प्रयोग हुने पिन इन्सुलेटरबाट तार चुडियर भुइँमा झर्दा विद्युत सट भएको हो । ओसिलो भुइँमा विद्युतीय तारले छुँदा नजिकै रहेको गोठमा करेन्ट लागेको उहाँले जानकारी दिनुभयो । उक्त घरगोठ नजिकै माथिबाट हाईटेन्सन लाईन लगिएको छ । घटनापछि अहिले मर्मतको काम शुरु भएको लाभले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>