Breaking News

चितवनमा ५ दिनदेखि घाम नलाग्दा जनजीवन प्रभावित

Banner

– पूजा ढकाल
चितवन, माघ ११ –
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले चितवनका अधिकांश भूभागमा विगत केही दिन देखि घाम लाग्न सकेको छैन ।

मौसमविदहरुले मौसममा मंगलबारदेखि क्रमिकरुपमा सुधार हुँदै जाने बताएका थिए । न्यूनचापीय प्रणालीका कारण माघ लागेदेखि नै चितवनको मैसममा क्रमिक परिवर्तन आएको हो । हाल चितवनमा विगत पाँच दिनदेखि घाम लागेको छैन । घाम नलागेकै कारण चितवनको जनजीवन प्रभावीत भएको छ । विहान हुस्सु कहिरो लाग्नुका साथै दिनमा घाम नलाग्दा चितवनका सर्व साधरणलाई निकै कठिन भएको छ ।
प्रतिकुल मैसमका कारण घाम नलाग्ने तथा चिसो अत्याधिक बढ्दा ससाना बालबालिका, दीर्घ रोगी तथा वृद्धवृद्धालाई कठिन हुनुका साथै दमको रोग देखिएको छ ।

भरतपुर विमान स्थलका सूचना अधिकारी तथा उपप्रबन्धक दिपक विकका अनुसार आज (मंगलबार) बिहान चितवनको न्यूनतम तापक्रम १३ डिग्री सेल्सियस थियो भने र हिजो (सोमबारको) को न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस थियो । अहिले मध्यान्हमा चितवनको अधिकतम तापक्रम १६ डिग्री सेल्सियस रहेको विकले नारायणी अनलाइनलाई बताए ।

चितवनमा माघ १ गतेदेखि आज ११ गते सम्मको सबैभन्दा कम तापक्रम ९ डिग्री सेल्सियस रहेको सुचना अधिकारी विकको भनाइ छ ।

देशभर आंशिकदेखि सामान्य बदली :
मौसमविद् सजिना शाक्यका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले अहिले देशभर आंशिकदेखि सामान्य बदली भएको छ ।

यसको प्रभावले देशको पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको मौसमविद शाक्यले जानकारी दिइन् । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि संभावना रहेको छ ।

यस्तै राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>