Breaking News

नेपाल यो वर्ष पनि भ्रष्टाचार व्याप्त देश, गतवर्ष र यसबर्ष एउटै सूचीमा

Banner

काठमाडौं,माघ ११-

बढी भ्रष्टाचार गर्ने देशहरुको सूचीमा नेपाल यो वर्ष पनि अघिल्लो वर्षकै अवस्थामा रहेको छ । भ्रष्टाचारविरुद्धको संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले आज सार्वजनिक गरेको भ्रष्टाचार मापन अवधारणा सूचकाङ्कमा नेपाल ३३ आक प्राप्त गरी एक सय १७ औँ स्थानमा सूचीकृत भएको छ । गएको वर्ष पनि नेपाल ३३ अङ्कसहित एक सय १७ औँ स्थानमै थियो ।

सूचकाङ्कमा एक सय अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्टाचार रहेको जनाउँछ । यस वर्षको औसत स्कोर ४३ रहेको छ । नेपाल औसतभन्दा तल रहेको छ । सन् २०२० र २०२१ मा नेपालको अङ्क स्थिर रहनु भनेको भ्रष्टाचार नियन्त्रणमा कुनै प्रगति हुन नसकेको हो ।

सर्वेक्षणले नेपालमा सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग कायम रहनु, व्यापार व्यवसायमा घुसखोरी रहनु, कारबाहीमा कमी वा ढिला हुनुले भ्रष्टाचार बढेको देखाएको छ । ट्रान्सपरेन्सीले सूचनामा नागरिकको पहुँचमा कमी हुनु, राजनीतिक भ्रष्टाचार नियन्त्रण नहुनुजस्ता कारण भ्रष्टाचार कायम रहेको जनाएको छ ।

ट्रान्सपरेन्सीले ४० अङ्कभन्दा तल प्राप्त गर्ने देशलाई भ्रष्टाचार व्याप्त भएको देशको सूचीमा राख्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>