Breaking News

मालपोत कार्यालय भरतपुरका कर्मचारीहरुमा कोरोना : कार्यालयको सेवा एक हप्ताका लागि बन्द

Banner

चितवन, माघ १० –
मालपोत कार्यालय भरतपुरका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयको सेवा एक हप्ताका लागि बन्द गरिएको छ ।

मालपोत कार्यालयका प्रमुख शेरबहादुर भण्डारीले मालपोतका ५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनले आजदेखि एक हप्ताका लागि कार्यालयको आन्तरिक काम बाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिए । कोरोना संक्रमण हुने कर्मचारीमा कार्यालय प्रमुख, एक अधिकृत, मुद्दा शाखाका दुई जना सुब्बा र एक सवारी चालक रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>