मकवानपुर

हेटौंडाबाट चितवन आउँदै गरेको ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Banner

हेटौंडा,माघ १०-

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। आइतबार राति बिजौनामा हेटौडाबाट चितवनतर्फ जाँदै गरेको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना २३ प ७०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट मोटरसाइकल चालक पर्साको बागेश्वरीका ४१ वर्षीय ओमप्रकाश गिरीको मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका गिरीको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो। ठक्कर दिने बागमती प्रदेश ०१–००६ ख ३६४० नम्बरको ट्रक र चालक इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>