चितवन विशेष

चितवनका युवा व्यवसायी सिग्देल बने राप्रपाको भरतपुर महानगर सचिव

Banner

चितवन,माघ ९-

चितवनका युवा व्यवसायी सुलब सिग्देल राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा)को भरतपुर महानगर कमिटी सचिवमा सर्वसम्मत चयन भएका छन् । आज (आइतबार) भरतपुरस्थित पार्टी कार्यालयमा भएको भेलाले सिग्देललाई सचिव पदमा सर्वसम्मत चयन गरेको हो । युवाहरु माझ लोकप्रिय सिग्देल राप्रपाको विभिन्न समितिमा रहेर काम गरेका छन् । सिग्देलले भरतपुरको सिजी ल्याण्डमार्कमा आफ्नो व्यवसाय संचालन गर्दै आइरहेका छन् ।

युवाहरुलाई साथमा लिएर पार्टीको गतिविधि संचालन गर्ने सचिव सिग्देलले बताए । उनले देशको निकास र विकास राप्रपाबाट मात्रै सम्भव भएको भन्दै पार्टीका विचार र सिद्धान्त आम जनतामा लैजाने प्रतिबद्धता जनाए । राप्रपा केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद रिना गुरुङको प्रमुख आतिथ्यतामा भएको भेलाले गणेश थापा अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>