चितवन विशेष

चितवनको टिकौलीमा जनाबरले केही भाग खाएको अवस्थामा पुरुषको शव फेला

Banner

चितवन, माघ ९-

चितवनको टिकौली जंगलमा एक पुरुषको शव फेला परेको छ । माघ ७ गते राजमार्गको १.५ किलोमिटर भित्र पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रहरीका अनुसार करिब ५५ देखि ६० वर्ष उमेरको पुरुषको नाम थर खुलेको छैन । मृतकको घाँटी र छाती जंगली जनाबरले खाएको जस्तो देखिएको प्रहरीले जनाएको छ । पेटको माथिल्ला भागमा केही आन्द्रा र करङ समेत देखिएको छ ।

शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । मृतकको पहिचानका लागि प्रहरीले हुलिया सार्वजनिक गरेको छ ।
मृतकले कालो ज्याकेट, कालो सेतो कोठे उलनको सर्ट, हरियो रंगको कपडाको पाईन्ट, निलो सेतो रंगको कट्टु, मोजा र सेतो रंगको गन्जी लगाएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>