Breaking News

पहाड सम्याउँदा खसेको ढुंगाले बोलेरो किच्दा तीन जनाको मृत्यु, तीन घाइते

Banner

काठमाडौँ, माघ ९-

ओखलढुंगामा करिब डेढ सय मिटर माथिबाट झरेको ढुंगाले किचेर बोलेरोमा सवार ३ जनाको मृत्यु भएको छ ।

सिद्धिचरण नगरपालिका–३ नारायणस्थानस्थित डोजरले पहाड सम्याउँदा खसेको ढुंगाले बोलेरोलाई किच्दा तीन जनाको मृत्यु भएको हो ।

निशंखे भञ्ज्याङबाट सदरमुकाम आउँदै गरेको को १ ज ३५६९ नम्बरको बोलेरोमा सवार छ जना मध्य तीन जना घाइते र तीन जनाको मृत्यु भएको छ ।

ओखलढुंगाका डिएसपी गोविन्द काफ्लेका अनुसार सिद्धिचरण नगरपालिका–१ घर भएका युषक कोइराला, युनिषा कोइराला र मानेभञ्ज्याङ गाउँपालिका–१ घर भएका हेम बहादुर मगरको मृत्यु भएको हो ।

त्यस्तै घाइते भएका तीन मध्य दुईजनाको काठमाडौं र एकजनाको ओखलढुंगामा उपचार भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>