Breaking News

निर्वाचन आयोगले राप्रपालाई भन्योः हिन्दू राष्ट्र र राजसंस्था शब्द हटाउ

Banner

काठमाडौं,माघ ९

निर्वाचन आयोगले विधानबाट हिन्दू राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई पत्र काटेको छ। आयोगले ‘सनातन हिन्दू राष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम राख्न’ भन्ने वाक्यांश हटाउन पत्र काटेको हो। आयोगले माघ २ गते पत्र काट्दै राप्रपालाई यस्तो आग्रह गरेको हो।

आयोगको उक्त पत्रप्रति राप्रपाका पूर्वअध्यक्ष कमल थापाले आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत् उनले आयोगको निर्देशन अस्वीकार्य भएको पनि बताएका छन्। निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र शब्दावली तथा झन्डामा रहेको गाई हटाउन दिएको निर्देशन संविधान र प्रजातान्त्रिक मान्यताविपरीत छ। यो निर्णय अस्वीकार्य छ, उनले लेखेका छन्, विगतमा आयोगको यस्तै निर्णयलाई संघर्षबाट हामीले उल्टाएका थियौँ। २०७८ माघ २ गते आयोगले पठाएको पत्रबारे वर्तमान नेतृत्वले कुनै प्रतिक्रिया व्यक्त नगर्नु र सो पत्र अहिलेसम्म लुकाएर राख्नु आश्चर्यजनक छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>