चितवन विशेष

भरतपुर अस्पतालमा जिओपिडी र नियमित अप्रेशन (शल्यक्रिया) सेवा बन्द

Banner

चितवन,माघ ८-

भरतपुर अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी लगायतक कर्मचारीहरु धमाधम संक्रमित हुन थालेपछि जिओपिडी र नियमित अप्रेशन (शल्यक्रिया) सेवा बन्द गरिएको छ । अस्पताल प्रशासनले आज एक सूचना प्रकाशित गरी जिओपिडी र नियमित अप्रेशन सेवा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको जनाएको हो ।

सूचनामा आकस्मिक शल्यक्रिया सेवा भने २४ सैं घण्टा हुने जनाईएको छ । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार हालसम्म ७७ जना चिकित्सक, नर्स,स्वास्थ्यकर्मी लगायतक कर्मचारीहरु संक्रमित भएका छन् । उहाँले भन्नुभयो “अरु धेरैमा लक्षणहरु देखिएका छन् । थप संक्रमित हुने क्रम जारी छ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>