चितवन विशेष

पश्चिम चितवन पत्रकार मञ्चको प्रथम पूर्ण बैठक सम्पन्न : ७ उपसमिति गठन

Banner

चितवन, माघ ८ –

पश्चिम चितवन पत्रकार मञ्चको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले पदाधिकारी सहितको विधान मस्यौदा समिति, सचिवालय समिति र ७ वटा उपसमिति गठन गरेको छ ।

मञ्चको पदाधिकारी अध्यक्ष अपिल घिमिरे, उपाध्यक्ष अनिल भट्टराई, दीपा गौतम, सचिव हेमराज रिमाल, कोषाध्यक्ष रबिन सुवेदी, सहसचिव विवेक पोख्रेल र विनिता श्रेष्ठ रहने गरि मस्यौदा समिति बनाएको हो । बैठकले सचिवालयको समुहमा भने पदाधिकारी सहित सदस्य सविता अधिकारी र रामशरण गैरेलाई थप गरेको छ ।

मञ्चका सचिव हेमराज रिमालका अनुसार संयोजक र सदस्यहरु सहित ७ उपसमिति समेत निर्माण भएको छ । जसअनुसार विधानमस्यौदा उपसमितिमा संयोजकमा मञ्चका अध्यक्ष अपिल घिमिरे, क्षमता विकास तथा अतिरिक्त क्रियाकलाप उपसमिति संयोजकमा उपाध्यक्ष अनिल भट्टराई, महिला शसक्तिकरण उपसमितिमा महिला उपाध्यक्ष दिपा गौतम, आर्थिक उपसमितिमा संयोजकमा कोषाध्यक्ष रबिन सुवेदी, आईटी उपसमितिमा सहसचिव विवेक पोख्रेल, प्रतिवेदन लेखन उपसमिति संयोजकमा सदस्य रामशण गैरे , समन्वय उपसमिति संयोजकमा सदस्य हिरालाल आचार्य (डायमण्ड) लाई चयन गरिएको रिमालले बताउनु भयो ।

बैठकले मञ्चको विधान तयार गरी २० माघ भित्र दर्ता प्रकृया सम्पन्न गर्ने निर्णय गरेको छ । यस्तै पत्रकारको क्षमता विकासको लागि लागि प्रशिक्षण कार्यक्रम गर्ने, कोरोनाका विरुद्ध सचेतना अभियान सञ्चालन गर्ने, अक्षयकोष स्थापना गर्ने, पश्चिम चितवनको जनप्रतिनिधि, पर्यटन समित लगायतका विभिन्न क्षेत्रसँग अन्तर्क्रिया गर्ने निर्णय गरिएको घिमिरेले बताउनु भयो ।

मञ्चले पश्चिम चितवनको पर्यापर्यटनमा टेवा पुराउने अपेक्षा

पश्चिम चितवनको पर्यापर्यटनमा मञ्चले टेवा पुराउनेमा स्थानिय संघ संस्थाहरु आशावादी छन् ।

पश्चिम चितवन पत्रकार मञ्चको बैठक अघि पटिहानीका विभिन संघ संस्थाहरुले संयुक्त रुपमा पत्रकारहरुलाई अतिथ्यता गराउँदै स्वागत तथा अन्तरक्रिया  कार्यक्रममा यो अपेक्षा व्यक्त गरेका हुन् ।

भरतपुर महानगरपालिका वडा नम्बर २२ का कार्यवाहक अध्यक्ष सोम बहादुर गुरुङले पर्यटन विकासमा वडा कार्यलय सक्रिय रुपमा लागेको अवस्थामा पश्चिम चितवन पत्रकार मञ्चले प्रचारप्रसार मार्फत आफूहरुलाई सहयोग गर्ने अपेक्षा व्यक्त गर्नु भयो ।

यस्तै पटीहानी उपभोक्ता समितिका अध्यक्ष शंकर महत्तोले इतिहासलाई जोडेर यस क्षेत्रको पर्यपर्यटनको विकास गरिदिन पत्रकारहरु समक्ष अनुरोध गर्नुभयो ।

पटिहानी पर्यटन विकास समितिका अध्यक्ष शंकरराज थपलियाले पश्चिम चितवनको पर्यटनमा आशासँगै निराशा पनि रहेको भन्दै निकुञ्ज ऐन पर्यटनमैत्री बनाउन आवश्यक रहेको बताउनु भयो ।

भरतपुर महानगर पालिका वडा नम्बर २२ को कार्यालय, पटिहानी मध्यवर्ती उपभोक्ता समिति, पटिहानी पर्यटन विकास समिति, वेलशाहर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह, विरेन्द्रनगर मध्यवत्र्ती सामुदायिक वन उपभोक्ता समूह र पटिहानी पर्यटन होटल एसोसियसनले संयुक्त रुपमा पत्रकारहरुलाई स्वागत गर्दै अन्तक्रिया कार्यक्रम गरेका थिए ।

बैठकसँगै सामुदायिक वन, अम्रेला स्ट्रिट, छितामाई लगायतका ठाउँको अवलोक कार्यक्रम समेत गरिएको थियो ।

अध्यक्ष घिमिरेले पत्रकारहरुको पेशागत हक हितसँगै पश्चिम चितवनको विकास निर्माण र पर्यटकीय क्षेत्रको प्रचारमा मञ्चले आफ्नो भूमिका निर्वाह गर्ने बताउनु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>