Breaking News

वैशाखमा स्थानीय तहको निर्वाचन नहुनु असंवैधानिक र अलोकतान्त्रिकः महामन्त्री थापा

Banner

काठमाडौं, माघ ६-

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहलाई रिक्त राखेर संसदीय निर्वाचन हुननसक्ने बताएका छन् । सत्तारुढ गठबन्धनमा स्थानीय निर्वाचनभन्दा पहिले नै संसदीय निर्वाचन गर्नेबारे विषय प्रवेश भएको बेला सत्तारुढ दल कांग्रेसका महामन्त्री थापाले भने वैशाखमा स्थानीय तहको निर्वाचन नहुनु असंवैधानिक र अलोकतान्त्रिक हुने बताए ।

नेपाल प्रेससँग कुराकानी गर्दै महामन्त्री थापाले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको कार्यकाल ५ वर्षको हुने सुनिश्चितता संविधानले नै गरेको भन्दै ऐनको व्यवस्था देखाएर स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुने बताए । ‘प्रतिनिधिसभाको कार्यकाल ५ वर्षको हुन्छ भनेजस्तै स्थानीय सरकारको कार्यकाल पनि ५ वर्षको हुन्छ । हाम्रो संविधानले स्थानीय सरकार रिक्त हुने परिकल्पना गरेको छैन त्यसैले स्थानीय निर्वाचनको मिति तत्काल घोषणा गर्नुपर्छ’, थापाले भने ।

उनले विगतमा केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भनेर आन्दोलन गरेको बिर्सन नहुने भन्दै सत्तामा पुगेपछि संविधानविपरीत गर्ने छुट कांग्रेसलाई नभएको बताए । ‘हिजो हामीले आन्दोलन गरेर संविधान जोगायौ भन्ने अनि आजै संविधानविपरीत जाने कुरा राम्रो होइन । मेरो प्रष्ट कुरा स्थानीय सरकार जनप्रतिनिधिविहीन हुनुहुँदैन भन्ने हो । बाँकी कुरा त्यसपछि छलफल गरौंला’, थापाले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>