Breaking News

पोखरा उडेको गुण एयरको जहाजमा प्राविधिक समस्या, पुनः काठमाडौं फर्काइयो

Banner

काठमाडौँ, माघ २-

काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाई जहाजमा ‘प्राविधिक गडबडी’ भएपछि पुनः काठमाडौंमै फर्काइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरका अनुसार प्राविधिक गडबडी आएपछि जहाज फर्किएको हो र अहिले प्राविधिक टोलीले जाँच गरिरहेका छन् ।

त्यस्तै सो जहाजमा यात्रा गरेका एकजना यात्रुले जहाज उडेको करिब पाँच मिनेट मात्रै भएको थियो आकाशमै हवाई जहाजको ढोका खुल्यो र आफूहरुलाई पुनः विमानस्थलमै फर्काइएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>