Breaking News
माघ पहिलो हप्ताभित्र स्थानीय चुनावको घोषणा गर्नुपर्छ: निर्वाचन आयोग
०

काठमाडौँ, पुस ३०-
निर्वाचन आयोगले राजनीतिक दलहरुसँग गरेको छलफल सकिएको छ ।
उक्त छलफलमा आयोगले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपर्ने बताएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने बताएका छन् ।
त्यस्तै छलफलमा आयोगलाई कोरोना संक्रमणको स्थितिलाई हेर्दै निर्वाचन केन्द्र थप्न कांग्रेस नेता रमेश लेखकले भने ।
आयोगले शुक्रबार राष्ट्रिय सभा निर्वाचन, मतदाता नामावली संकलन र आगामी स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























