Breaking News

एमालेलाई कांग्रेससँग मिल्न आवश्यक छैन, एक्लै लडेर बहुमत ल्याउँछ : गोकुल बास्कोटा

Banner

चितवन, पुस २९ –
नेकपा एमालेका नेता गोकुल बास्कोटाले आगामी चुनावमा नेकपा एमाले एक्लैले बहुमत ल्याउने बताएका छन् ।

आज बिहीबार भरतपुरमा प्रेस चौतारी नेपाल चितवन शाखाले गरेको पत्रकार सम्मलेनमा बोल्दै बास्कोटाले यस्तो बताएका हुन् ।

आगामी निर्वाचनमा कांग्रेसँग मिल्ने हल्ला आइरहेको छ नी भन्ने सञ्चारकर्मीको प्रश्नमा जवाफ दिँदै उनले एमालेलाई चुनाव जित्न बैसाखी नचाहिने बताए । उनले अब एमाले एक्लै लडेर इतिहासमा एकल बहुमत ल्याइ निर्वाचनपछि सरकार चलाउने दाबी गरे ।

नेकपा एमालेले कारबाही गरेका १४ सांसदलाई सभामुखले सदर नगरेकोविरुद्धको मुद्दा सर्वाेच्च अदालतले फैसला गर्न ढिलाइ गरेको बताउँदै उनले अदालत एमालेप्रति पूर्वाग्राही देखिएको आरोप लगाए । उनले यही विषयलाई लिएर भएको संसद अवरोध नेकपा एमालेले जारी राख्ने बताए ।

उनले चितवनमा एमालेको विकल्प नभएको पनि बताएका छन् । उनले भने ‘आगामी चुनावमा रुखले हँसियाहथौडामा भोट हाले त केही भन्न सकिँदैन नत्र चितवनका सबै क्षेत्रमा एमालेले जित्छ ।’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसको साहराबिना चुनाव जित्न नसक्ने भएकाले अहिलेको गठबन्धनलाई चुनावसम्म कायम राख्न खोजिएको बास्कोटाको धारणा छ ।

कालापानीमा भारतले बाटो बनाउन खोजेको विषयमा अहिलेको सरकार बोल्नुपर्ने बताउँदै उनले बताए ।

एमसिसि सम्झौता कांग्रेस नेतृत्वकै सरकारले गरेको बताउँदै उनले अब कांग्रेसले नै यसलाई टुंगोमा पु¥याउनुपर्ने उनको भनाइ छ । सरकारले एमसिसिलाई संसदमा पेस गरेपछि मात्र एमालले आफ्नो धारणा सार्वजनिक गर्ने उनले बताए ।

यस्तै उनले स्थानीय तहको चुनाव समयमा गर्न सरकारको ध्यानाकर्षण गराए । अहिलेको सरकार निर्वाचनबाट भाग्न खोजेको जस्तो देखिएको बताउँदै उनले तोकिएको समयभित्रै सबै निर्वाचन सम्पन्न गराउन सरकारसँग माग गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>