Breaking News

आजदेखि सिंहदरबार प्रवेशमा कडाइ, सबै प्रकारका पास र अस्थायी परिचयपत्र खारेज

Banner

काठमाडौं,पुस २९-

सरकारले आजदेखि सिंहदरबार प्रवेशमा कडाइ गरेको छ ।कोरोना सङ्क्रमण जोखिमपछि प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार प्रवेशमा कडाइ गरिएको हो ।

हिजो गृह मन्त्रालयले सूचना निकालेर सबै प्रकारका पास र अस्थायी परिचयपत्र खारेज गरेको छ । नयाँ स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्रका लागि गृह मन्त्रालयको पूर्वसहमति लिनुपर्नेछ । सरसफाइकर्मी र पत्रकारको हकमा सूचना विभागबाट जारी भएको परिचयपत्रका आधारमा प्रवेश दिइनेछ ।

सिंहदरबार परिसरभित्र सञ्चालन भएका चमेनागृहका लागि यसअघिकै पास र अस्थायी परिचयपत्रबाट प्रवेश दिइनेछ । कोरोनाको जोखिम बढ्दै गएकाले कडाइ गर्नुपरेको गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>