Breaking News
बालुवाटारमा फैलियो कोरोना, देउवाको भोलि पुन: पीसीआर गरिने
०

काठमाडौँ, पुस २८-
प्रधानमन्त्री कार्यालयका भान्से तथा दैनिक सुरक्षामा खटिएका अधिकारीलाई कोरोना पोजिटिभ देखिएको छ ।
सोमबार प्रधानमन्त्री देउवासहित प्रधानमन्त्रीको निवास बालुवाटारमा कार्यरत सचिवालयका कर्मचारी, सुरक्षा पदाधिकारीको पीसीआर परीक्षण गराउदा देउवा बाहेक अन्य व्यक्तिमा कोरोना पोजिटिभ देखिएको हो ।
त्यस्तै रिपोर्ट नेगेटिभ आएपनि देउवाले भोलि पुन: परीक्षण गर्ने र रिपोर्ट नेगेटिभ आएको खण्डमा राजनीतिक भेटवार्तालाई निरन्तरता दिने प्रमुख स्वकीय सचिव भानु देउवाले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























