Breaking News

एमाले दैलेख निर्वाचन : खसेको भन्दा ३१ मत बढी भेटिएपछि मतगणना स्थगित

Banner

सुर्खेत , पुस २८-

सातौं जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि दैलेखमा भएको नेकपा एमालेको निर्वाचनमा खसेको भन्दा बढी मत भेटिएपछि मतगणना स्थगित गरिएको छ ।

एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मीका अनुसार ७१८ मत खसेकोमा ३१ मत बढी आएर ७४८ मत भएपछि मतगणना स्थगित गरिएको हो ।

एमाले दैलेखमा जम्मा ७२१ मतदाताको संख्या रहेको थियो ।

एमाले दैलेखमा अध्यक्षका लागि सूर्यबहादुर शाही र रविन्द्रराज शर्माबीच प्रतिस्पर्धा भइरहेको थियो र अब केन्द्रीय निर्वाचन आयोगको छानबिनपछि मात्र थप प्रक्रिया अघि बढाइने रेग्मीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>