Breaking News

पहिला लालपूर्जा अनि भोट भन्दै चितवनमा सुकुम्बासीहरुको प्रदर्शन

Banner

चितवन, पुस २६-

पहिला लालपूर्जा अनि भोट भन्दै चितवनमा सुकुम्बासीहरुले प्रदर्शन गरेका छन् । नेपाल बसोबास वस्ती संरक्षण समाज चितवनको आयोजनामा भरतपुरमा र्‍याली निकालिएको हो । निर्वाचन अगावै लालपुर्जा वितरणका लागि खबरदारी मेचिमहाकाली अभियान अन्तर्गत आज चितवनमा प्रदर्शन गरिएको हो ।

लायन्सचोकदेखि सुरु भएको प्रदर्शन र्‍याली चौबिसकोठी, केन्द्रीय बस टर्मिनल हुँदै जिल्ला प्रशासनमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनमा पहिला लापूर्जा अनि भोट, आयोग होइन लालपूर्जा चाहियो, सकुम्बासी एकता जिन्दावाद लगायतका नारा लगाइएका थिए ।

नेपाल बसोबास वस्ती संरक्षण समाज चितवनका अध्यक्ष छविलाल देवकोटाले चुनवाअघि सुकुम्बासीहरुलाई लालपुर्जा दिनका लागि सरकारलाई दबाब सिर्जना गराइएको बताए । उनले चुनावअघि लालपुर्जा दिन नसक्ने अवस्था सिर्जना भएमा चुनाव सारेर भए पनि लालपूर्जा दिनुपर्ने आफूहरुको माग रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>