Breaking News

विद्यालय बन्द गरेपनि कलेज खोल्ने शिक्षा मन्त्रालयको निर्णय

Banner

काठमाडौँ, पुस २६-

नेपालमा कोरोना महामारी र कोरोनाको नयाँ भेरियन्टको जोखीम उच्च रहेको भन्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने तयारी गरे पनि अहिलै कलेज बन्द नगर्ने निर्णय गरेको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माको अनुसार ‘देशैभरका विद्यालय सबै बन्द हुन्छन्, तर कलेज बन्द हुँदैनन् र यसबारे मन्त्रालयको सूचना आउँदैछ ।’

त्यस्तै सीसीएमसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सार्वजनीक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने र खोप कार्ड अनिवार्य हुनुपर्ने १३ बुँदे सिफारिस गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>