Breaking News

माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

Banner

काठमाडौँ, पुस २६-

नेपालमा कोरोना महामारी र कोरोनाको नयाँ भेरियन्टको जोखीम उच्च रहेको भन्दै आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सिसिएमसीको निर्णयलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यान्वयनमा पठाउने भएको छ ।

शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माको अनुसार मन्त्रालयमा सोमबार बसेको बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको हो ।

शिक्षा सचिवको नेतृत्वमा सोमबार बिहान बसेको बैठकले विद्यालय बन्दको मोडालिटीबारे छलफल गरेको छ र बन्दको मोडालिटी मन्त्रालयले केहीबेरमा सूचना जारी गर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>