Breaking News

कोरोनाको कारण देखाउँदै एमाले चितवनको निर्वाचन प्रक्रिया स्थगित

Banner

चितवन,पुस २६-

कोरोना (कोभिड १९) को कारण देखाउँदै नेकपा (एमाले) चितवन जिल्ला अधिवेशन स्थगित भएको छ । सरकारले आजदेखि लागु हुनेगरी भेला,मेला महोत्सव र सभा सम्मेलनमा कडाइ गरेपछि एमाले चितवनले निर्वाचन स्थागित गरेको जनाएको छ ।

२३ गते उद्घाटन सत्र र २४ गते बन्दसत्र संचालन भएको अधिवेशनमा जिल्ला नेतृत्वसहित पदाधिकारीमा सहमती जुट्न नसकेपछि छलफलका लागि भन्दै एक दिनका लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो ।

एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जिल्ला प्रशासन कार्यालय चितवनको अनुरोधका आधारमा पार्टी कार्यालयमा आज हुने भनिएको भेला स्थगित गरिएको हो ।
जिल्ला नेतृत्व छान्न सहमतीका लागि आज पनि नेताहरु छलफलमा जुटेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>