चितवन विशेष

प्रेस चौतारी चितवनको अध्यक्षमा पण्डित उपाध्यक्षमा आचार्य

Banner

चितवन,पुस २५-

प्रेस चौतारी नेपाल चितवन शाखाको अध्यक्षमा सुवास पण्डित निर्वाचत हुनुभएको छ । आइतबार सम्पन्न शाखाको सातौँ अधिवेशनबाट सुवास पण्डित पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

शाखाको २१ सदस्यीय कार्यसमितिमा आइतबार पदाधिकारीसहित १७ जना निर्विरोध निर्वाचित गरिएको छ । बाँकी चार सदस्य पहिलो बैठकले थप गर्ने जनाइएको छ । प्रेस चौतारी चितवनको उपाध्यक्षमा कृष्ण आचार्य, महिला उपाध्यक्षमा शान्ता अधिकारी, सचिवमा मुकुन्द भुसाल, सहसचिवमा ध्रुवराज खनाल, सहसचिव समावेशीमा रवीना पौडेल, तथा कोषाध्यक्षमा बद्रि अर्याल निर्विरोध चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा विनय आचार्य, श्रमिका दुवाडी, राजु अधिकारी, सवीना लामिछाने, गीता दराई, रामेश्वर रिजाल, रेजिना ढकाल, सुनील गौतम, मिरा रानाभाट, हिरालाल आचार्य र निरुता विक रहेका छन् । सातौँ अधिवेशनको उद्घाटन सत्रमा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले चौतारीमा आवद्ध पत्रकारहरु व्यवसायी र श्रमजीवीका हक अधिकारको पक्षमा वकालत गर्नसक्ने खालका हुने बताउनुभयो । बस्नेतले केन्द्रीय नीति अनुसार जिल्लाको कार्यसमिति सर्वसम्मतीका आधारमा चयन गर्न निर्देशन दिनुभएको थियो ।

सो क्रममा एमाले नेता एवं व्यवस्थापिका संसदको कानुन न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, एमाले नेता एवं प्रेस चौतारीका पुरस्कार दाता डा तिलचन्द्र भट्टराई, प्रेस चौतारी नेपालका उपमहासचिव एवं वाग्मती प्रदेश इन्चार्ज हिरा लामा, केन्द्रीय सदस्य प्रतिमा सिलवाल, पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारी, प्रेस युनियन चितवनका सभापति अनिल ढकाल, प्रेस सेन्टर चितवनका उपाध्यक्ष राजेन्द्र आचार्यलगायतले मन्तव्य राख्नुभएको थियो । सो अवसरमा प्रेस चौतारी चितवनले स्थापना गरेको विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा रु २० हजार राशिको डा तिलचन्द्र शारदा पत्रकारिता पुरस्कारबाट जनक अर्याल तथा रु ११ हजार १११ राशिको स्वर्गीय द्वारिका नेपाल स्मृति पत्रकारिता पुरस्कारबाट नारायण सापकोटालाई पुरस्कृत गरिएको थियो । त्यस्तै प्रेस चौतारी नेपाल चितवन शाखाबाट विभिन्न संस्थामा प्रतिनिधित्व गर्ने सदस्यहरुलाई समेत सम्मान गरिएको थियो । चौतारीको बन्दसत्रमा अध्यक्ष सुवास पण्डितले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र सहअध्यक्ष कृष्ण आचार्यले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित भएको थियो ।

साधारणसभा शाखा अध्यक्ष सुवास पण्डितको अध्यक्षतामा भएको थियो भने स्वागत मन्तव्य सचिवालय सदस्य गोविन्द घिमिरेले गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>