Breaking News

सहमतिका लागि भन्दै एमाले चितवनको दशौं अधिवेशन २६ गतेसम्मका लागि स्थगित

Banner

चितवन, पुस २४ –

नेकपा (एमाले) चितवनको १० औं जिल्ला अधिवेशन पुस २६ गतेसम्मका लागि स्थगित भएको छ ।

सहमतिको प्रयासका लागि भन्दै अधिवेशनको बन्दसत्रलाई स्थगित गर्दै २६ गते बिहानबाट पुनः सुरु गर्ने निर्णय गरिएको एमाले चितवनले जनाएको छ । २६ गते बिहान पार्टी कार्यालयमा बन्दसत्र हुनेछ ।

चितवन जिल्ला अध्यक्ष बन्नका लागि एमाले नेताहरु रामप्रसाद न्यौपाने, कमल पाठक, तेजेन्द्र खड्का र कृष्ण भुर्तेलले आकांक्षा देखाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>