Breaking News

एमाले चितवनको दशौं अधिवेशन आजबाट सुरु, बन्दसत्र जारी

Banner

चितवन, पुस २३ –
नेकपा (एमाले) चितवनको १० औं जिल्ला अधिवेशन आजबाट सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज चितवनसहित देशभरका सबै जिल्ला अधिवेशनलाई भर्चुअल उद्घाटन गर्नुभएको हो ।

जिल्लाको अधिवेशनको उद्घाटन सत्रमा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पार्टी थप शसक्त रुपमा कार्यकर्ता माझ जाने बताउनु भयो । उहाँले चितवनमा भएको महाधिवेशनले पार्टी थप शसक्त बनेको भन्दै आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने बताउनु भयो ।

कार्यक्रममा एमालेका अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले विरुद्ध गरिएको गठबन्धनलाई पराजित गर्ने शक्ति एमालेसँग रहेको बताउनु भयो । उहाँले एकसाथ सबै जिल्लामा सुरु भएको अधिवेशनले सहमतिमै नेतृत्व चयन गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा पोलिटब्युरो सदस्य देवि ज्ञवाली, केन्द्रीय सदस्य जेएन थपलिया, सांसद कृष्णभक्त पोखरेल लगायतले बोल्नुभएको थियो ।

तारापुञ्ज रिर्साेटमा भएको उद्घाटन सत्रपछि बन्दसत्र सुरु भएको छ । चितवन जिल्ला अध्यक्ष बन्नका लागि एमाले नेताहरु रामप्रसाद न्यौपाने, कमल पाठक, तेजेन्द्र खड्का र कृष्ण भुर्तेलले आकांक्षा देखाएका छन् । एमाले चितवनले सहमतिमा नै नेतृत्व छनोट गर्ने बताएको छ ।

जिल्ला अधिवेशनको लागि विभिन्न स्थानीय तह र पेसागत संगठनहरुबाट एक हजार ६०० प्रतिनिधिहरु आएका छन् । विभिन्न स्थानीय तहका वडाहरु, वर्गीय र पेसागत संगठनहरुबाट प्रतिनिधिहरु छानिएका हुन् ।

छानिएका प्रतिनिधिहरुमा झण्डै ४० प्रतिशत महिला रहेका छन् । एमाले चितवनका सचिव प्रकाश खनाल ‘शैलेस’ का अनुसार सबैभन्दा धेरै ६३ जना प्रतिनिधि भरतपुर महानगरपालिका वडा नम्बर ११ बाट छानिएका छन् ।पार्टी अध्यक्ष पार्वती रावलको अध्यक्षतामा उद्घाटन सत्र संचालन भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>