चितवन विशेष
चितवनका सीडीओले माफी मागे, माछा व्यवसायीसँग ६ बुँदे सहमति गरियो

चितवन,पुस २२-
चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ मुछिएको माछाको मूल्य विवादमा सहमति भएको छ। बिहीबार प्रजिअ तामाङ, भरतपुरकी मेयर रेनु दाहाल र सरोकारवालाहरूको बैठकमा प्रजिअ तामाङले आफूबाट गल्ती भएको भन्दै आत्मआलोचना गरेका छन् । नेपाल मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीले संघ, जिल्ला प्रशासन र महानगर आपसी समन्वय, समझदारी तथा सहकार्य गरि अघि बढ्ने निर्णय भएको बताए ।
६ बुँदे सहमतिमा मत्स्य व्यवसाय नियमन तथा अनुगमनमा समझदारीका विषयहरु उल्लेख छन् । ‘उहाँले म त्यहाँ सिडिओको रूपमा नभई एउटा ग्राहकको रूपमा गएको थिएँ। मबाट कमजोरी भएको हो, त्यसका लागि म आत्मआलोचना गर्छु भन्नुभयो,’ नेपाल मत्स्य व्यवसायी संघ चितवनका उपाध्यक्ष लुलाराज तामाङले भने,‘तपाईंहरूका लागि सिडिओ कार्यालयको ढोका सधैँ खुला छ भनेपछि कुरा मिल्यो।’ सरोकारवालाहरूको बैठकमा ६ बुँदे सहमती भएको छ ।



























