Breaking News

नेपालको पश्चिमी क्षेत्रमा वर्षा र हिमपात,अन्य क्षेत्रमा पनि पानी पर्ने

Banner

चितवन,पुस २२-

देशका धेरै ठाउँमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव परेको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण गएरातिदेखि नै पश्चिमी क्षेत्रमा वर्षा भइरहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँकाअनुसार अहिले प्रदेश-१ बाहेक अन्य प्रदेशको मौसम बद्ली भएको छ । आज पश्चिमी क्षेत्रसँगै अन्य ठाउँमा पनि पानी पर्ने सम्भावना छ ।

यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा पनि हिमपात भइरहेको छ । वर्षा र हिमपातका कारण चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>