चितवन विशेष

विश्वविद्यालयको बैठक होटलमा गरिएको भन्दै विद्यार्थीको विरोध

Banner

चितवन,पुस २१-

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको प्राज्ञिक परिषद् होटलमा गरिएको भन्दै विद्यार्थीहरुले नाराबाजी गरेका छन् । भरतपुर चौविसकोठीमा रहेको होटल ग्लोबलको हलमा बैठक चलिरहँदा विद्यार्थीहरुले होटल परिसरमा नारा लगाएका हुन् ।

खर्चिलो र भड्किलो बैठक गरिएको विद्यार्थीहरुको आरोप छ । नेविसंघ विश्वविद्यालय कमिटिका सचिव मिराज पौडेलले बैठकको बहानामा हुने अनावश्यक खर्च रोक्न नाराबाजी गरिएको बताए । जनताको करमाथिको मोजमस्ती बन्द गर, प्रशासनिक गतिविधि होटलमा गर्न बन्द गर, आर्थिक पारदर्शिता लागू गर जस्ता नारा लगाएका थिए ।

विश्वविद्यालय परिसरमै झन्डै १ हजार जना बस्न मिल्ने सभाहल, ४ वटा थप अन्य साना हलहरु रहेका छन् । तर, विश्वविद्यालयले कन्फ्रेन्स, सेमिनार, बैठक, कार्यकारि परिषद, प्राज्ञिक परिषद लगायतका गतिविधिहरु प्रायः होटलमा हुने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>