Breaking News

राष्ट्रियसभा निर्वाचनसँगै सत्तारुढ दलको चुनावी गठबन्धन टुंगिन्छः गगन थापा

Banner

काठमाडौ,पुस २१-

नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले सत्तारुढ दलको चुनावी गठबन्धन राष्ट्रिय सभा निर्वाचनसँगै टुंगिने बताएका छन् । शेखर कोइराला समूहको बुधबार बसेको बैठकमा बोल्दै महामन्त्री थापाले गठबन्धन सरकार संसदीय चुनावसम्मै जान अफ्ठ्यारो नभएपनि चुनावी गठबन्धन भने राष्ट्रियसभा निर्वाचनसँगै अन्त्य हुने धारणा राखे ।

‘स्थानीय तहदेखि संघसम्म पार्टी एक्लै लड्छ । सरकार गठबन्धनमा चल्छ तर चुनावी गठबन्धन राष्ट्रिय सभा चुनावपछि टुंगिन्छ’, थापाले भने, ‘त्यसपछि गठबन्धन होइन सरकारमात्रै चुनावसम्म जान्छ । गठबन्धनकै सरकारले चुनाव गर्दा पनि चुनावी गठबन्धन भने हुन सक्दैन ।’

उनले सभापति शेरबहादुर देउवाको रणनीति आफूहरुको सरोकारको विषय नहुने भन्दै आफूहरु चाहिँ चुनावी गठबन्धनको विपक्षमा रहेको स्पष्ट पारे । थापाले पार्टी सञ्चालनका सम्बन्धमा देउवाको कार्यशैलीको पनि चर्को आलोचना सम्बोधनका क्रममा गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>