Breaking News

चितवनसहितका १६ जिल्लाको काँग्रेस जिल्ला अधिवेशन पुनः सर्‍यो

Banner

चितवन पुस २१-

 नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत अधिवेशन हुन बाँकी रहेका चितवनसहितका १६ जिल्लाको अधिवेशन पुनः पछाडि धकेलिएको छ। यसअघि चितवनसहित १६ जिल्लाको अधिवेशन पुस २७ मा गर्ने निर्णय गरे पनि कांग्रेसले पुनः मिति परिमार्जन गरी माघ १५ गतेका लागि अधिवेशन तोकेको हो।

पार्टीको केन्द्रीय निर्वाचन समितिले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी जिल्ला अधिवेशनको मिति सारेको जनाएको छ। समितिको आज बसेको बैठकले अधिवेशनको मिति माघ १५ गतेको लागि निर्धारण गरेको समितिका सचिव केशव रिजालले जानकारी दिए।

चितवनसहित सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, बाँके, कैलाली, अछाम र नवलपुरमा पार्टीको जिल्ला अधिवेशन गर्न बाँकी छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>