Breaking News
बालुवाटार जग्गा प्रकरणः विजय गच्छदार,दीपकुमार बस्न्यातलगायतलाई पक्राउ पुर्जी जारी

काठमाडौँ,पुस २१-
बालुवाटार जग्गा प्रकरणमा ‘हाइप्रोफाइल’ व्यक्तिहरूलाई पक्राउ पूर्जी जारी गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान अन्तिम चरणमा पुर्याएपछि विजय गच्छदार, दीपकुमार बस्न्यातसहित ३०० भन्दा बढीलाई पक्राउ पूर्जी जारी गरिएको हो । केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (प्रहरी उपरीक्षक–एसपी) श्यामकुमार महतोका अनुसार व्युरोले उक्त प्रकरणमा दोषी देखिएका ती व्यक्तिलाइ पक्राउ पुर्जी जारी गरिएको हो ।
व्युरोले पक्राउ पुर्जी जारी गरिएकाहरूको नाम सार्वजनिक नगरेको भए पनि नेता गच्छदार र बस्न्यतासँगै भूमिसुधार मन्त्रालयका तत्कालीन छविराज पन्त, दिनेशहरि अधिकारी, पूर्वसचिव नारायणगोपाल मलेगोलगायतलाई पूर्जी जारी गरिएको स्रोतले बताएको छ । यद्यपि, अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा लगेपछि ब्यूरोले ‘हाइप्रोफाइल’ व्यक्तिलाई पक्राउ गर्ने तयारी गरेको बुझिएको छ ।
बालुवाटार जग्गा प्रकरणमा बिचौलियाको आरोप लागेका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र माधवी सुवेदीलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरू अहिले थुनामा छन् । बाँकी कोही पनि पक्राउ परेका छैनन् । पक्राउ परेका मध्ये शोभाकान्त ढकालमाथि बुधबार मात्रै राजस्व अनुसन्धान विभागले १ अर्बभन्दा बढी कर छली गरेको भन्दै अदालतमा मुद्दा समेत दायर गरेको छ ।
























