Breaking News
पुस २८ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित
०

काठमाडौँ, पुस २१-
प्रतिनिधिसभाको भोलि पुस २२ गते बस्ने गरी तय भएको बैठक विशेष कारणवश स्थगित भएको छ ।
भोलि दिउँसो १ बजे बस्ने तय भएको बैठक यही पुस २८ गते बुधबारसम्मका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ ।
सङ्घीय संसदका महासचिव डा भरतराज गौतमले आज जारी गर्नुभएको सूचनामा प्रतिनिधिसभा नियमावली २०७५ को नियम (६) को उपनियम (३) वमोजिम प्रतिनिधिसभाको अर्को बैठक यही पुस २८ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























