Breaking News

तलब नपाएको भन्दै इच्छाकामना गाँउपालिकामा शिक्षकहरुले लगाए ताला

Banner

चितवन, पुस २१ –

चितवनको इच्छाकामनामा गाउँपालिकाले तलब निकासा नदिएको भन्दै गाउँपालिका कार्यालयमा शिक्षकहरुले तालाबन्दी गरेका छन् । इच्छाकामना गाउँपालिका ५ मुग्लिनस्थित त्रिवेणी बराह माविका शिक्षकहरुले आज गाउँपालिकाको शिक्षा शाखा र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

तालाबन्दीको कारण गाउँपालिकाको शिक्षा अधिकृत दुर्गादेवी खड्का र स्रोत व्यक्ती भविश्वर गुरुङ एकछिन् भित्रै थुनिन पुगेका थिए ।

गाउँपालिकाकी अध्यक्ष गीता गुरुङले उक्त विद्यालयले व्यवस्थापन समिति नबनाएका कारण तलब निकासा रोकिएको बताइन् । उनले भनिन् ‘गाउँपालिकामा ५१ वटा विद्यालय छन् । जसमा ५० वटाले व्यवस्थापन समिति बनाएको छ । तर त्रिवेणी बराह माविले विद्यालय व्यवस्थापन समिति बनाएको छैन । ४ वर्षसम्म हामीले पटकपटक ताकेता गर्दा पनि समिति बनाएन । त्यसले अहिले हामीले तलब निकासा रोकेका हौं ।’

अध्यक्ष गुरुङले अहिले तालाबन्दी खुलिसकेको बताइन् । ‘म बाहिर थिएँ । यहाँ तालाबन्दी भएछ । म आएपछि खुलिसकेको थियो’ उनले भनिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>