चितवन विशेष

अनेरास्ववियू भरतपुर महानगर अध्यक्षमा सचेत सुवेदी सर्वसम्मत

Banner

चितवन,पुस २०-

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (अनेरास्ववियू) भरतपुर महानगर कमिटी अध्यक्षमा सचेत सुवेदी सर्वसम्मत अध्यक्षमा चयन हुनु भएको छ । सोमबार सम्पन्न अधिवेशनले सुवेदीको अध्यक्षतामा ३९ सदस्यीय महानगर कमिटी सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा सुवास सुवेदी, सचिवमा मदन कट्टेल, कोषाध्यक्षमा ममता पौडेल र सहसचिवहरुमा प्रदीप पराजुली, सफल भट्ट, प्रकाश टंडन सहित सदस्यहरु सर्वसम्मत चयन गरेको हो ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा बागमती प्रदेश इन्चार्ज काशिनाथ अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि एमाले स्थायी कमिटी सदस्य तथा चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली, अनेरास्ववियू केन्द्रीय उपाध्यक्ष निशा अधिकारी लगायतले बोल्नु भएको थियो । कार्यक्रम केन्द्रीय सचिवालय सदस्य तथा महानगर इन्चार्ज धिपन भण्डारीको अध्यक्ष सम्पन्न भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>