चितवन विशेष
अनेरास्ववियु भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन पुस १९ गते

चितवन,पुस १७-
अनेरास्ववियुको प्रथम भरतपुर महानगर कमिटीको अधिवेशन यही पुस १९ गते हुने भएको छ । भरतपुरस्थित स्थित पार्टी जिल्ला कार्यालयमा अधिवेशन हुन लागेको हो । अनेरास्ववियुले जिल्लाभर धमाधम आफ्नो अधिवेशन गरिरहेको छ । विभिन्न केलजेका अधिवेशन सम्पन्न भइसकेका छन् भने केही हुनेक्रममा रहेका छन् । अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा महानगर इन्र्चाज धिपन भण्डारीका अनुसार जिल्लाभर उत्साहजनक रुपमा अधिवेशन भइरहेका छन् ।
पार्टीका नेता काँसिनाथ अधिकारीको प्रमुख आतिथ्यतामा अनेरास्ववियु महानगर कमिटीको अधिवेशन हुँदैछ । अनेरास्ववियुले संगठन विस्तार अन्तरगत आज भरतपुर मावि , भानु मावि, शरदपुर मावि, प्रेमबस्ती मावि, बालकुमारी कन्या मावि, र चितवन एकाडेमीमा अनेरास्ववियुका जिल्ला नेताहरु सचेत सुवेदी, अमित आचार्य, रचना सापकोटा, सुदिप पौडेल र सुबास सुवेदीको नेतृत्वमा कमिटी गठन गरेको छ ।


























