चितवन विशेष
चितवनका संचार उद्यमी पौडेलको उद्घोषण ज्ञान पुस्तक विमोचन
०

चितवन,पुस १६-
चितवनका युवा संचार उद्यमी तथा नेपाली काँग्रेस चितवनका जिल्ला सदस्य नवीनराज पौडेलको उद्घोषण ज्ञान पुस्तकको विमोचन गरिएको छ । नेपाली काँग्रेसको ४५ औं मेलमिलाप दिवसको अवसर पारेर आज (शुक्रबार) भरतपुरमा पुस्तकको विमोचन गरिएको हो ।
नेपाली काँग्रेस क्षेत्र नम्वर ३ ले आयोजना गरेको कार्यक्रममा राज्यमन्त्री उमेश श्रेष्ठ,नेपाली काँग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ,अन्जनी श्रेष्ठ,दिनेश कोइराला र शान्ती परियारले संयुक्तरुपमा विमोचन गर्नुभयो । पुस्तक सबैका लागि उपयोगी रहेको कार्यक्रममा सहभागी बक्ताहरुले बताएका छन् ।
सधै साथमा राख्न र चाहेको बेला सजिलै पढ्न मिल्नेगरी पुस्तक प्रकाशन गरिएको प्रकाशक एवं लेखक नवीनराज पौडेलले बताउनुभयो । उहाँले सबैलाई उद्घोषणको ज्ञान होस भन्ने उदेश्यले पुस्तक प्रकाशन गरेको जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























