Breaking News

माडीका प्रशासकिय अधिकृतले ठेक्कापट्टा, निर्माण र खरिदमा देखाएको अस्वभाविक गतिविधि सैह्य हुँदैनः मेयर ढकाल

Banner

चितवन,माघ १६-

माडी नगरपालिकाका मेयर ठाकुर ढकालले प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतमले ठेक्कापट्टा, निर्माण र खरिदमा अस्वभाविक गतिविधि गरेको आरोप लगाएका छन् । आज सामाजकि संजाल (फेसबुकमा) स्टाटस लेख्दै उनले प्रशासकीय अधिकृतको गतिविधि चित्त नबुझेर सरुवाका लागि पत्र काटेको स्पष्टिकरण दिएका छन् । मेयर ढकालले बुधबार सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतमलाई सरुवा गर्न भनेका छन् ।

माडीमा काम गरिरहेका प्रशासकीय अधिकृतलाई सरुवा गरेर कनिष्ठ शिक्षा शाखाका अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिन मेयर ढकालले पत्रमार्फत अनुरोध गरेका छन । बिहिबार मात्रै प्रशासकीय अधिकृत गौतमले नारायणी अनलाइनसंग कुरा गर्दै माडीका मेयरले करोडौं रकम हिनामिना गरेर कार्यकर्तालाई बाँड्न खोजेको आरोप लगाएका छन् ।

आज (शुक्रबार) माडीका नगरप्रमुख ढकालले फेसबुकमा लेखेका छन्,‘माडी नगरपालिका, चितवनको प्रमुख प्रशासकीय अधिकृतको सरुवाको बिषय यतिखेर बहस र चर्चामा छ । बहालवाला प्रमुख प्रशासकीय अधिकृतको अन्यत्र व्यवस्थापन गरि कार्यसम्पादनमा सहज बनाउन मैले संघिय मामिला मन्त्रालयमा गरेको पत्राचार पनि सार्वजनिक रुपमा नै यहाँहरुमाझ छ ।

प्रमुख प्रशासकीय अधिकृतले माडीको समग्र बिकाश निर्माण र जनताका कामहरुमा गरेको अवरोध, प्रस्तुत गरेको सांगठनिक अराजकता, कर्मचारीहरुलाई गरेको अपमान र अन्याय, सेवाग्राहीहरुलाई दिएको दुख र अपमान, ठेक्कापट्टा, निर्माण र खरिदमा देखाएको अस्वभाविक गतिविधि सैह्य थिएन र हुँदैन । एउटा नगर प्रमुखको रुपमा समग्र माडी र माडीको बिकास निर्माण र जनपक्षीय कार्यसम्पादनलाई मध्यनजर गर्दै निज कर्मचारीको गलत नियत र प्रवृत्ति बिरुद्ध लड्दै उनको सहज बहिर्गमनको लागि मैले पत्राचार गरेको कुरा प्रष्टै छ । माथिका बिषयहरु सामान्य सेवाग्राही र तमाम कर्मचारी र जनप्रतिनिधिले अनुभुति गरेको बिषय नै हो ।
मिडियामा निजले आरोपप्रत्यारोपको रुपमा प्रस्तुत गरेका बिषयहरु पुष्टि गर्न चुनौती दिन चहान्छु ।

तर, हाल म महाधिवेशनमा सहभागी हुने सिलसिलामा काठमाडौंमा छु । म माडी फर्कनासाथ निजले गरेका माडी बिरोधि र गैरकानुनी गतिविधिहरु सप्रमाण साथ सार्वजनिक गर्नेछु ।

ठाकुर प्रसाद ढकाल
नगर प्रमुख

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>