Breaking News

राप्रपा र विवेकशील साझाबीच एकताबारे छलफल,लिङ्देनले मिश्रको घरमै पुगेर राखे प्रस्ताव

Banner

काठमाडौं पुस १६-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझाबीच पार्टी एकताको सम्भावनाबारे छलफल भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री डा. धवलशमशेर राणाले साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रलाई उनकै निवासमा भेटेर पार्टी एकताको प्रस्ताव राखेका हुन् ।

राप्रपाका केन्द्रीय सदस्य मोहन श्रेष्ठले दुवै पार्टीका नेताको चाहनामा आज भेटवार्ता भएको जानकारी दिए । ‘वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि राप्रपा नेपालले विचार मिल्ने शक्तिसँग संवाद, सहकार्य गर्ने नीति लिएको छ । सोही अनुरूप विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रसँग छलफल भएको हो’, श्रेष्ठले भने ।

भेटमा बलियो वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि पार्टी एकता गरेर जाने सक्ने सम्भावनाका बारेमा प्रारम्भिक कुराकानी भएको श्रेष्ठले जानकारी दिए । दुई पार्टीका नेताहरूको भेटको तस्वीर फेसबुकमा राख्दै विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दुई पार्टीका बीचमा आशाजनक संवाद भएको उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>