Breaking News

प्रधानमन्त्रीद्वारा स्वास्थ्य मापदण्ड पालना गरेर चाडपर्व मनाउन आग्रह

Banner

काठमाडौँ, पुस १५-

बिहीबार तमु (गुरुङ) जातिले पुरानो ल्हो (वर्ष)को बिदाइ र नयाँ ल्हो(वर्ष) को स्वागत गरी ल्होसार पर्व मनाउँने गर्छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आज जारी गरेको शुभकामना सन्देशमा विशेषगरी गुरुङ समुदायले मनाउने ल्होसार पर्व हाल एक विशिष्ट पहिचानसहितको पर्वका रूपमा देशभर मनाइने गरेको उल्लेख छ।

उक्त जारी शुभकामना सन्देश मार्फत देउवाले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामना दिदै संक्रमण जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गरेर चाडपर्व मनाउन आग्रह गरेका छन् । त्यस्तै उनले यो पर्वले पारस्परिक सद्भाव र सहिष्णुताको भावना अझ प्रगाढ र सुदृढ बनाउने प्रेरणा प्रदान गरोस् भनी कामनासमेत उक्त शुभकामना सन्देश उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>