Breaking News

भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु

Banner

बाँके, पुस १५-

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ भने अन्य तीन जनाको उपचार भइरहेको छ । उक्त परिवारको सातै जना सदस्य अस्पतालको क्वाटरको एउटा कोठामा सुतेका थिए ।

आज बिहान अबेरसम्म पनि ढोका नखुलेपछि प्रहरीको टोली पुगेर ढोका खोल्दा सबै बेहोस अवस्थामा भेटिएका थिए ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका अनुसार उपचारको क्रममा कालीकोटको खाडाचक्र घर भएका धनप्रसाद भट्टराई, धनप्रसादकी आमा कोकिला भट्टराई, दिदी नन्दकली र उनका तीन महीनाको छोरा इप्सन भट्टराईको मृत्यु भएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार धनप्रसाद अस्पतालको कार्यालय सहयोगी हुन् । त्यस्तै उनको श्रीमती सुशीला होसमै रहे पनि, ३ वर्षीय छोरा विवश र भाइ नरेन्द्र भट्टराई गम्भीर अवस्थामा रहेका छन् र उनीहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका इन्सपेक्टर खिमबहादुर घर्तीमगरको अनुसार कोठाभित्र न्यानो बनाउन आगो बालेर र झ्याल, ढोका बन्द भएकाले उनीहरुको निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान  छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>